२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित



अ+ अ-

काठमाडौँ।  आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज÷गल्र्स दुवै टोली जित हात पार्न सफल भए ।

सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ ले पराजित ग¥यो । एक्सेल्सियरका छिरिङ गुरुङले २० अंक जोडे । सिनियर गल्र्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलार्य १३–२ ले हरायो । एक्सेल्सियर ‘रातो’ की अकिना घिमिरेले ४ अंक जोडिन् ।

सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा पिपुल्स एकेडेमीले श्री नवीन ज्योतिलाई ६–२, स्वर्णिमले संस्कृति इन्टरनेसनल स्कुललाई ४१–१३ र निःसर्ग वाटिकाले न्यु जेनिथलाई २१–१५ ले हराए । पिपुल्सका आयुशले ४, स्वर्णिमका प्रतीक महर्जनले १८ र निःसर्ग वाटिकाका अर्नव खत्रीले ७ स्कोर गरे ।

गल्र्समा स्वर्णिमले एक्सेल्सियर ‘नीलो’ लाई १५–४ तथा रेडियन्ट पब्लिकले राई स्कुललाई १९–४ ले पाखा लगाए । स्वर्णिमकी नितिशा महर्जनले ४ तथा रेडियन्ट पब्लिककी सिना खनालले ६ अंक बटुले ।

ब्वाइज फुटसल:

ब्वाइज फुटसलको यु–९ मा विद्यावाणीले काभ्यालाई २–०, काभ्याले ग्यालेक्सी पब्लिक स्कुललाई ६–१ र एक्सेल्सियरले ग्यालेक्सीलाई ६–० गोलले पराजित गरे । यु–११ मा काभ्याले राई स्कुललाई १–० गोलले हरायो ।

यु–१४ मा एक्सेल्सियरले मेगसलाई २–०, इम्पेरियल वल्र्डले ग्यालेक्सीलाई १–० र एक्सेल्सियरले होली भिजनलाई ५–० गोलले पाखा लगाए । काभ्या र मेगसले गोलरहित बराबरी खेले । यु–१६ मा ग्यालेक्सीले स्वस्तिश्रीलाई २–० गोलले पन्छायो ।