४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित



अ+ अ-

काठमाडौँ।  आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज÷गल्र्स दुवै टोली जित हात पार्न सफल भए ।

सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ ले पराजित ग¥यो । एक्सेल्सियरका छिरिङ गुरुङले २० अंक जोडे । सिनियर गल्र्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलार्य १३–२ ले हरायो । एक्सेल्सियर ‘रातो’ की अकिना घिमिरेले ४ अंक जोडिन् ।

सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा पिपुल्स एकेडेमीले श्री नवीन ज्योतिलाई ६–२, स्वर्णिमले संस्कृति इन्टरनेसनल स्कुललाई ४१–१३ र निःसर्ग वाटिकाले न्यु जेनिथलाई २१–१५ ले हराए । पिपुल्सका आयुशले ४, स्वर्णिमका प्रतीक महर्जनले १८ र निःसर्ग वाटिकाका अर्नव खत्रीले ७ स्कोर गरे ।

गल्र्समा स्वर्णिमले एक्सेल्सियर ‘नीलो’ लाई १५–४ तथा रेडियन्ट पब्लिकले राई स्कुललाई १९–४ ले पाखा लगाए । स्वर्णिमकी नितिशा महर्जनले ४ तथा रेडियन्ट पब्लिककी सिना खनालले ६ अंक बटुले ।

ब्वाइज फुटसल:

ब्वाइज फुटसलको यु–९ मा विद्यावाणीले काभ्यालाई २–०, काभ्याले ग्यालेक्सी पब्लिक स्कुललाई ६–१ र एक्सेल्सियरले ग्यालेक्सीलाई ६–० गोलले पराजित गरे । यु–११ मा काभ्याले राई स्कुललाई १–० गोलले हरायो ।

यु–१४ मा एक्सेल्सियरले मेगसलाई २–०, इम्पेरियल वल्र्डले ग्यालेक्सीलाई १–० र एक्सेल्सियरले होली भिजनलाई ५–० गोलले पाखा लगाए । काभ्या र मेगसले गोलरहित बराबरी खेले । यु–१६ मा ग्यालेक्सीले स्वस्तिश्रीलाई २–० गोलले पन्छायो ।