३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु



अ+ अ-

रोल्पा। रोल्पामा शुक्रबार बेलुकी पख भएको बोलेरो जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

माडी गाउँपालिकाको घर्तीगाउँदेखि दाङतर्फ आउँदै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो जिप (सामान बेच्ने) त्रिवेणी गाउँपालिका ७ गाङमा दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घटनास्थलतर्फ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी जान थालेको छ। चालक भने सकुशल रहेको स्थानीयले बताएका छन्।