• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

कोरोना महामारीले छेकेन देवघाटमा भक्तजन



फाईल फोटो

चितवन । कोभिड–१९ को महामारीका बीचमा पनि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा भक्तजन पुगेका छन् । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज स्नान गर्नका लागि देवघाटधाममा भक्तजन पुगेका हुन् । 

कोरोना महामारीका कारण देवघाटमा भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरिएको तर पैदलयात्रामार्फत आएका भक्तजनलाई बिहान ८ः३० बजेदेखि प्रवेशको व्यवस्था मिलाइएको थियो । कोरोना त्रासका कारण देवघाटमा बाहिरी जिल्लाबाट आउनेलाई प्रवेश निषेध गर्ने भनिए पनि पैदलयात्रामार्फत आउनेलाई प्रवेश दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा वर्षेनी लाखौँ भक्तजन आउने गर्दछन् तर यसपटक कोरोना महामारीका कारण भक्तजन घटेका छन् । “सुरुमा त यस वर्ष प्रवेश निषेध गर्ने निर्णय नै भएको हो, तर भक्तजनको आगमनलाई नर्कान नसकेर निकै कम मात्र भक्तजनलाई प्रवेश दिएका छौँ”, घिमिरेले भन्नुभयो, “कोरोना जोखिम रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर स्नान गर्न अनुरोध गरेका छौँ ।” उहाँका अनुसार सवारीसाधनलाई भने देवघाट प्रवेशमा निषेध गरिएको छ ।

तनहुँ र चितवनतर्फ गरी करिब पाँच हजार भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । “पाँच लाखभन्दा बढी भक्तजन आउने माघे सङ्क्रान्तिमा पाँच हजार निकै कम हो”, उहाँले भन्नुभयो । देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको सङ्गम वेणीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम  देवघाटको वेणीमा स्नान गर्नाले पुण्यप्राप्त हुने विश्वास छ ।