७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
अ+ अ-

चितवन। चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि प्रथम राष्ट्रिय प्रदर्शनी हुँदैछ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए ।

प्रदर्शनीमा ‘डेरी प्रसेसिङ’ तथा पशु आहार उद्योगका ‘मेसिनरी’ तथा उपकरण र दुग्धउत्पादन प्रदर्शन गरिने छ । दूध किसानका समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागत घटाउन गर्न सकिने उपायबारे अवलोकनकर्तालाई तथा किसानलाई बुझ्न प्रदर्शनी उपयोगी हुने उनले बताए ।

प्रदर्शनीमा डेरी उद्योगका लागि सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहारसम्बन्धीका स्टल, पशु औषधि तथा भेटनरी सेवासम्बन्धीका स्टल, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टल, बैंक तथा बीमा कम्पनी, स्टार्टअप प्याभिलियन रहने छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आज बिहान ११ बजे उद्घाटन प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । प्रदर्शनी आगामी आइतबार समापन हुनेछ ।