१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट शुक्रबार थप ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट आज शुक्रबार थप ५ जनाको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । 

यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । 

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।