१३ चैत्र २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध



अ+ अ-

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसअन्तर्गत अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि उनले प्रतिबन्ध लगाएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ ।

यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ । नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।

आईसीसीले नेतन्याहु माथि गाजामा युद्ध अपराध गरेको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गर्दै आएको छ। आइसीसीले हमास कमाण्डरविरुद्ध वारेन्ट पनि जारी गरेको थियो।