
काठमाडौं। त्रिकोणात्मक महिला टी२० क्रिकेट सिरिजमा आज नेपाल र थाइल्यान्ड भिडदैछन्।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। जारी सिरिजमा लगातार ५ खेलमा पराजित भएको घरेलु टोली नेपाल सान्त्वना जितको खोजीमा मैदान उत्रिँदैछ। नेपालविरुद्धका अघिल्ला दुवै खेल जितेको थाइल्याण्ड आज पनि जित निकाल्ने लक्ष्यमा हुनेछ।
तर, पाँचमध्ये चार खेल जितेको थाइल्यान्ड भने आजको खेलमा पहिलाको दुई खेलमा झैँ पराजित गर्ने सुरमा देखिन्छ। जारी सिरिजमा पाँच खेल खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा छ खेलमा समान अंक रहेको नेदरल्यान्ड्स रनरेटका आधारमा दोस्रो स्थानमा छ।
एक खेलमा पनि जित निकाल्न नसकेको नेपाल अंकविहीन हुँदै तालिकाको पुच्छारमा छ। अंकतालिकाको शीर्ष स्थानमा रहेको टोलीले उपाधि उचाल्नेछ।