७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल कारावाओ कपको फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । लिभरपुल कारावाओ (ईएफएल) कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा टोटनहमविरुद्ध समग्रमा ४–१ को  जित निकाल्दै लिभरपुलले फाइनलमा स्थान बनाएको हो ।

३४औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

यस्तै, ७५औं मिनेटमा सोबोस्लाइले गोल गरेपछि लिभरपुल ३–० ले अगाडि बढ्यो । ८०औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुलको ४–० को जित पक्का गरे ।

योसँगै, लिभरपुलले अब उपाधिका लागि न्युक्यासल युनाईटेडसँग प्रतिस्पर्धा गर्ने छ । फाईनल खेल मार्च १६मा वेम्बली स्टेडियममा हुनेछ ।