६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग एक्सन रुमबाट भर्चुअल छलफल गर्दै



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ ।’

ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो प्राथमिकता छ- थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ । पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन्,’ ओलीले भनेका छन् ।

विकास निर्माण तथा आयोजनाहरूका बारेमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै आजै दिउँसो २ बजे सगरमाथा संवादको तयारी बैठक पनि हुनेछ ।