९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कार स्वर्गीय गुरुदेव कामतलाई



अ+ अ-

धनुषा। यस वर्षको प्रतिष्ठित ‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व शास्त्रीय सङ्गीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ ।

आज जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको उद्घाटनमा स्व सङ्गीतकार कामतकी पत्नी सगुनवती देवी कामतलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र स्व अमित झाका बुबा रामनारायण झाले संयुक्त रुपमा रु एक लाख पाँच हजार राशिको पुरस्कार प्रदान गरेका छन्।

अमित झा साहित्य सङ्गीत पुरस्कार नव मिथिला फाउन्डेसनको आयोजनामा हरेक वर्ष साहित्य र सङ्गीत क्षेत्रमा विशेष योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गरिन्छ । स्व कामतले नेपाली शास्त्रीय सङ्गीतमा महत्वपूर्ण योगदान पु-याउनु भएको थियो ।

उनी गत साउनमा दिवङ्गत हुनुभएको थियो । उनी ‘प्रबल जनसेवा श्री’ लगायतका सम्मानबाट सम्मानित भएका थिए । उनीले जीवनभर राज्यबाट अपेक्षित सहयोग पाउन सक्नुभएन । पुरस्कार हस्तान्तरणसँगै महोत्सवमा क्यान्सर रोगबाट पीडित सङ्गीतकार अशोक दत्तलाई रु ५१ हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको छ । सङ्गीत क्षेत्रमा दत्तको योगदानको कदर गर्दै सहयोग रकम उहाँको उपचारका लागि प्रदान गरिएको हो ।

तीन दिनसम्म चल्ने जनकपुरधाम साहित्य महोत्सवको यस संस्करणमा विभिन्न साहित्यिक र साङ्गीतिक कार्यक्रमहरू हुने जनाइएको छ । पहिलो दिन राजनीतिक विश्लेषक सिके लालले ‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो प्रस्तुति गरेका छन्।रासस