२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यालेक्सी, चाँदबाग र स्वर्णिमलाई सफलता



अ+ अ-

काठमाडौँ : ग्यालेक्सी, द चाँदबाग र स्वर्णिमले ११ औं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा बिहीबार जित हात पारेका छन् ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा ग्यालेक्सीले राई स्कुललाई १७–२, चाँदबागले निःसर्ग वाटिकालाई १४–११ र स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई २२–६ ले पराजित गरे । ग्यालेक्सीकी छिरिङ शेर्पाले १०, चाँदबागकी सम्भावी महतले ८ र स्वर्णिमकी नितिशा महर्जनले ९ स्कोर गरे ।

सिनियर ब्वाइजमा निःसर्ग वाटिकाले ग्यालेक्सीलाई १७–१३, बेबी एन्जलले रेडियन्ट रिडर्सलाई २४–१२ र पुष्पसदनले स्वर्णिमलाई २५–१९ ले हराए । निःसर्गका अर्नव खत्रीले ९, बेबी एन्जलका रुपकले ६ र पुष्पसदनका सम्राट लामाले १० अंक जोडे ।

ब्वाइज फुटसल:

ब्वाइज फुटसलको यु–९ मा आयोजक एक्सेल्सियरले विद्यावाणीलाई ५–२ गोलले पराजित ग¥यो । ग्यालेक्सी विरुद्धको खेलमा भने विद्यावाणी ६–० गोलले विजयी भयो । यु–१६ मा ग्यालेक्सीले एक्सेल्सियरलाई २–० तथा न्यु एराले रिब्सलाई ३–२ गोलले हराए ।

यु–११ मा जोन डेवीले ग्यालेक्सीलाई ९–१, राई स्कुलले संस्कृति इन्टरनेसनल स्कुललाई ३–१ र स्वस्तिश्री गुरुकुलले बोधी वृक्षलाई ८–० गोलले पाखा लगाए ।

यु–१४ मा विद्यावाणीले राई स्कुलाई ७–१ र जोन डेवीलाई ३–१ तथा राई स्कुलले जोन डेवीलाई ३–२ गोलले पन्छाए ।