७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

भारतमा दिनदिनै बढ्दै कोरोना संक्रमित, एकै दिन थपिए ९७ हजारभन्दा बढी सङ्क्रमित

भारतमा दिनदिनै बढ्दै कोरोना संक्रमित, एकै दिन थपिए ९७ हजारभन्दा बढी सङ्क्रमित
अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ ।  

संघीय ९केन्द्रीय० स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ । 

कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ  । 

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

अधिकारीहरूका अनुसार अरु नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् । 

भारतमा सवैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ । 

महाराष्ट्रमा अहिले पनि दुई लाख ६१ हजार ७९८ जना सक्रिय सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी आन्द्र प्रदेश दोस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । जहाँ अहिलेपनि ९७ हजार ३३८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने चार हजार ७०२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । 

कुल ४८ हजार ४८२ जना सक्रिय सङ्क्रमितहरु रहेको तमिल नाडु भारतको तेस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । नमिल नाडुमा मात्रै कोरोनाका कारण अहिलेसम्म आठ हजार १५४ जनाको मृत्यु भएको छ । 

त्यसपछि धेरै प्रभावित प्रदेशहरुमा कर्नाटक र दिल्ली प्रदेश रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।