२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा



अ+ अ-

गण्डकी। बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी आज पोखरा आएका छन्।

नेपाली सेनाको विमानमार्फत आएका उनीहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेका थिए।

अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताए।

पोखरा भ्रमणका क्रममा उनीहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ।




भर्खरै