२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राइसकुकर मिस्त्रीलाई ‘जबरजस्ती करणी मुद्दामा फसाइदिने’ भन्दै हनी ट्रयापमा पार्ने महिला पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले राइस कुकर बनाउने मिस्त्रीलाई ब्ल्याकमेल गरी रकम असुली गर्न खोज्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर ८ स्थायी ठेगाना भई काठमाडौं कुलेश्वर बस्दै आएकी २८ वर्षीया अस्मिता आचार्य रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बुधबार पक्राउ गरेको हो ।

उनले त्यहीँ राइस कुकर मर्मत गर्ने तराईमूलका एक पुरुषलाई आफ्नो प्रभावमा पार्दै विभिन्न रेष्टुरेन्ट तथा मनोरञ्जनस्थलमा लगेर आफूतर्फ आकर्षित पारेकी थिइन् ।

निकट सम्बन्ध भएपछि उनले १० लाख रूपैयाँ समेत माग गरिन् । पीडितले त्यत्तिका रकम दिन नसक्ने भएपछि पहिलो चरणमा ३ लाखको चेक र अरु रकम एकसाताभित्र दिनुपर्ने बताइन् ।

आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ती महिलाले मिस्त्रीलाई राइस कुकर बनाउने बहानामा पटकपटक मोबाइलमा सम्पर्क गरी माग गरेअनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने तथा प्रहरी र परिवारलाई पनि भनिदिने भन्दै ‘बार्गेनिङ’ गरेकी थिइन् ।

पक्राउ परेकी आचार्य विवाहित रहेको र उनका पति अष्ट्रेलियामा भएको खुलेको छ ।