९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

बैंकमाथि ‘पहिचानवादी’को प्रहार हुँदा राज्य किन मौन ?

लगानीको वातावरण राज्य, संघ र प्रदेश तथा स्थानीय सरकार एवं स्थानीय जनताले बनाउने हो ।

बैंकमाथि ‘पहिचानवादी’को प्रहार हुँदा राज्य किन मौन ?
अ अ+ अ-

आइएमई समूहले ताप्लेजुङमा निर्माण गर्न लागेको पाथीभरा केबलकारको विषयलाई लिएर पहिचानवादी एक समूहले बिरोध गरेको छ । यो समूहको आह्वानमा ग्लोबल आइएमई बैंकमाथि पनि प्रहार हुन थालेपछि अहिले सर्वत्र चासो र चिन्ता बढेको छ ।

निजी क्षेत्रबाट स्थापित देशकै सर्वाधिक ठूलो बाणिज्य बैंकमाथि संगठित रुपमै प्रहार भएको धेरैको बुझाई छ । यो घटनाले बैंकमाथि कुनै प्रभाव परे वा केबलकार निर्माण हुन नसके नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिदृश्यमा नयाँ बहसको सूत्रपात गर्नेछ ।

विरोधको नाममा कुनै प्रतिष्ठित बैंक र त्यसका संस्थापक एवं कर्मचारीमाथि हुर्मत लिने गरी जथाभावी टिप्पणी हुनु अशोभनीय मात्र होइन, राज्यका नियम कानुन र सार्वजनिक शिष्टाचारको विपरीत पनि हो ।

विरोधका नाममा पहिचानवादीका समूहले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका ग्लोबल बैंकका शाखा घेराउ गर्ने, बैंकका सेवाग्राहीलाई बैंकभित्र प्रवेश गर्न रोक्ने, खाता बन्द गर्न आह्वान गर्ने, बैंक नै डुब्न लाग्यो भनेर अफवाह फैल्याउने कार्य भए । तर बैंकका प्रमुख कार्यकारी सुरेन्द्र रेग्मीले बैंक “कर्पोरेट कल्चर” र नेपाल राष्ट्र बैंकको मार्गनिर्देश अनुसार चलेकाले केबलकार निर्माणको विषयसँग जोडेर चलाइएको हल्लामा विश्वास नगर्न आग्रह गरेका छन् ।

अझ अनौठो त, कतिपय अवस्थामा अराजक कृयाकलाप रोक्ने कार्यमा प्रहरी प्रशासन मौन बसेको देखियो । खासगरी, सामाजिक सञ्जालबाट पाथीभरा निर्माणका कार्यमा खटिएका व्यक्ति, प्रहरी, प्रशासन र बैंकका पदाधिकारीका विरुद्ध “ज्यान मार्ने”, केबलकार बनेमा बमले उडाइदिने लिखित, मौखिक धम्की दिएको पाइयो । यस्ता असामाजिक, अमर्यादित र धम्की दिने व्यक्तिको पहिचान गरी कारबाही गर्न प्रहरी प्रशासन चुकेको देखिन्छ ।

एउटा उदाहरण हेरौं, नेप्से इन्फो नामको आईडीबाट योहो टिभीको समाचार सामग्री “कसरी डुब्दैछ त बैंक?” भन्दै यसबीचमा टिकटकमा एउटा सामग्री अपलोड, पोस्ट गरिएको छ । यस पोस्टमा “यस्ता छन ग्लोबल आइएमई बैंकमा खाता बन्द गर्नेको लर्को” भन्दै अफवाह फैल्याउने सामग्री राखिएको छ, मानौं एकदुई दिनभित्र पैसा नझिके सेवाग्राहीले पैसा नै नपाउने अवस्थामा बैंक पुगेको छ । पोस्टमा “बैंक स्रोतका अनुसार अर्ब भन्दा बढी रकम झिकिएको र हजारौं ग्राहकले खाता बन्द गरेको” दाबी गरिएको छ । पूर्वमै पुगेर धार्मिक क्षेत्रमै व्यापार गर्ने योजना बनाएको भन्दै अब बैंक डुब्छ कि भन्ने त्रास सर्वसाधारणमा फैलिएको छ भनिएको छ । “राज्यशक्तिलाई हातमा लिएर स्थानीयको आवाजलाई दबाएर केबलकार बनाउन चन्द्र ढकाल लागिपरेका छन्” भन्दै पाथीभरा केबलकार निर्माणको विरोध गरेको छ ।

अझ आश्चर्य त, भर्खर प्रधानमन्त्री केपी ओली विरुद्धको एक अपुष्ट खबर सार्वजनिक गरेपछि पक्राउ परेर छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं, अभियन्ता डा सुरेन्द्र केसी पनि केबलकार बनाउन हुँदैन भन्दै ताप्लेजुङ उक्लिएका छन । उनीहरुका बोली र विचार स्वयं पहिचानवादीका भन्दा अराजक, छाडा, कलुसित देखिएका छन । उनीहरु पनि पहिचानवादीसँगै आगोमा पेट्रोल छर्केर राजनीतिको रोटी सेक्दै गरेका देखिन्छन् । पूर्वका गौंडागौंडामा छपक्कै ढाकिएका युट्युबरका अतिरञ्जित सामग्रीले पूर्वमा आगो लागिसकेको र त्यहाँ बाँकी केही छैन झैं बनाएको छ ।

राज्यभित्र संचालनमा रहेको एउटा संस्था (बैंक) र व्यक्ति (चन्द्र ढकाल) माथि प्रहार हुँदा राज्यका निकायहरु चुप लागेर बस्न मिल्छ ? कदापी मिल्दैन । बरु, निजी क्षेत्रका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पाथीभरा केबलकार निर्माणमा भएको अबरोध र ग्लोबल बैंकमाथि भएको ज्यादतीका विरुद्धमा विज्ञप्ति मार्फत विरोध जनाएका छन् ।

उनीहरुले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन ।

केबलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहेको सन्दर्भमा केवलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेप सहित केबलकार निर्माण कार्यमा अवरोध हुनुलाई दु:खद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयास भन्दै उनीहरुले केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउन आग्रह गरेका छन् ।

यो त निजी क्षेत्रले आग्रह गर्ने मात्र हो । लगानीको वातावरण राज्य, संघ र प्रदेश तथा स्थानीय सरकार एवं स्थानीय जनताले बनाउने हो । अहिले सरकार र आन्दोलनकारीबीच छ बुँदे सहमति भएर निर्माण कार्य रोकिएको छ । वार्तालाई निरन्तरता दिने र निर्माणका विषयमा थप छलफल गरी सहमति जुटाउने भनिएको छ । केबलकार कुनै हालतमा बन्न नदिने अडान राखेका पहिचानवादीका एक युवानेता विष्णु थाम्देन “केबलकार सुनको बनिहाले पनि त्यसलाई भत्काइदिन्छौं” भनेर चेतावनी दीरहेको सन्दर्भमा अबका दिन कसरी अघि बढ्छ हेर्न बाँकी नै छ ।

विश्वका अधिकांश विकट, अप्ठ्यारा र दुर्गम धार्मिक स्थलहरुमा यस्ता केबलकार, हेलिकप्टर वा सडकको सुविधा पुगेका छन । पाथिभरामा केबलकार बनाउनु पर्छ भन्नेहरुको स्वर अहिले मसिनो छ, तर पहिचानवादीले के बुझ्नु पर्छ भने केबलकार बन्दिए हुन्थ्यो भन्नेको संख्या ठूलो छ ।