७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

लकडाउन सुरु भएयता निर्माण क्षेत्र ठप्प, उद्योग सञ्चालन गर्न चुनौति

लकडाउन सुरु भएयता निर्माण क्षेत्र ठप्प, उद्योग सञ्चालन गर्न चुनौति
अ+ अ-

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योगहरु बन्द रहे । त्यसको असर उद्योगीहरुमा मात्र नभएर श्रमिकहरुमा पनि परेको छ । लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि कम हुँदा व्यापार न्यून भएकाले झनै समस्या बढेको उद्योगीहरु बताउँछन् ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आदेश जारी हुँदा निर्माण क्षेत्रका इटा उद्योग, क्रसर उद्योग लगायतका उद्योगहरु पनि बन्द रहे । तरपनि कोभिड १९ संक्रमणको असर परेको क्षेत्रहरुमा यी क्षेत्र पर्दैनन । जसको मुख्य कारण निर्माण क्षेत्र कुनै न कुनै रुपमा सञ्चालन भइरहेको छ भन्ने हो । निर्माण क्षेत्रका लागि आवस्यक मुख्य कच्चापदार्थ यिनै इटा उद्योग र क्रसर उद्योगबाट आपूर्ति हुन्छ । त्यसैले पनि यो क्षेत्रमा त्यति ठूलो असर परेको छैन भन्न सकिन्छ । तर निर्माण उद्योगीहरु भने त्यसमा सहमत छैनन् । अन्य क्षेत्रमा परेको असरको प्रभाव निर्माण क्षेत्रमा पनि पर्ने क्रसर उद्योगी श्यामराज खड्का बताउनुहुन्छ । उहाँले कोभिडको असर वैदेशिक रोजगारीमा परेको र रेमिट्यान्समा कमी आउँदा निर्माणका कामपनि कम हुन गई निर्माण जन्य उद्योगहरुमा असर पर्ने बताउनुभयो । उहाँले रेमिट्यान्समा ३० प्रतिशते कमि आएमा निर्माण क्षेत्रको व्यापारमा पनि ३० प्रतिशतले नै कमि आउने बताउनुभयो । त्यसैले सरकारले क्रसर उद्योग सञ्चालनमा सहजिकरण गर्नुपर्ने खड्काको भनाई छ । 

यस्तै इटा उत्पादक संघका अध्यक्ष नातिभाई हेम्वाले पनि लकडाउन सुरुभएपछि इटा उत्पादन ठप्प भएको बताउनुभयो । काचो इटा पोल्ने बाहेकका कुनै काम हुन नसेको उहाँको भनाई छ । उहाँले अहिले बजारमा समेत इटाको माग नभएको बताउनुभयो । अहिले उत्पादन भएको इटा विक्री नभएकाले अर्को सिजनको मागलाई समेत धान्न सक्ने इटा आफुहरुसँग रहेको हेम्वाले बताउनुभयो । त्यसैले पनि अहिलेकै स्थितिमा माग भइराखे अर्को सिजनमा इटाको आपूर्तिमा कुनै समस्या नहुने देखिन्छ । तर अहिलेको स्थितिमा उद्योग सञ्चालन गर्न चुनौति रहेको पनि उहाँको भनाई छ । विभिन्न जिल्लाबाट आउने श्रमिकहरुको व्यवस्थापन उद्योगीहरुका लागि मुख्य चुनौति रहेको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्लामा सञ्चालित ६२ वटा इटा उद्योगमा करिब ३५ हजार कामदार कार्यरत छन् । विभिन्न जिल्लाबाट र भारतबाट समेत कामदार ल्याउनुपर्ने भएकाले कोभिड १९ संक्रमणको व्यवस्थापनमा चुनौति रहेको अध्यक्ष हेम्वाले बताउनुभयो । कामदारहरु विभिन्न उद्योगमा पालैपालो काम गर्न जानुपर्ने भएकाले उद्योग भित्रै क्वारेन्टाइनमा राख्न समेत सम्भव नहुने उहाँले बताउनुभयो । त्यसैले सरकारले इटा उद्योगीहरुका लागि छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।