७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

उपत्यकामा दिनदिनै बढ्दै कोरोनाका संक्रमित, नाकाहरुमा चेकजाँच फितलो

उपत्यकामा दिनदिनै बढ्दै कोरोनाका संक्रमित,  नाकाहरुमा चेकजाँच फितलो
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ । 

४ महिना लामो लक डाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं दिनपछि केही खुकुलो भएको छ । नाकाहरुमा पनि चेकजाँच फितलो बन्दै गएको छ । विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको चेकजाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको छ । प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ । खाद्यान्न, तरकारी र फलफुल, दुध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारीहरु मात्रै भित्रिन दिएपनि चेकजाँच फितलो देखिएको छ । तर शनिबार नागढुंगा नाका भएर भित्रिने सवारीहरु प्रहरीले चेकजाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइयो । 

उपत्यका भित्रिने सवारी चालकका कागजपत्र चेकजाँच गर्दा सामाजिक दुरी नै कायम नगरेको पाइएको हो । नाकाबाट भित्रिने सवारीहरुको विवरण उपत्यका भित्रिन दिइएको छ । चेकजाँचमा खटिएका सुरक्षाकर्मीले मन लागे कागजपत्र हेर्ने र मन नलागे नहेरी पठाउने गरिएको दृश्य नागढुंगा नाकामा देखिन्थ्यो । उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गर्दा पनि त्यहो हुन सकेको छैन । यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन । 

सरकारले नै जिल्लाभित्र मात्रै छाटो दुरीका सवारी सञ्चालनको अनुमति दिएको छ । लामो दुरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन । उता साँगा नाकामा सवारीको चाप कम देखिएपनि चेकजाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाइदैन । उपत्यकामा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । शुक्रबार मात्रै काठमाडौंमा ६ सय २० तथा ललितपुरमा र भक्तपुरमा ३८—३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयको तथ्याङ्क रहेको छ ।