२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्प र असोज बाढीबाट भएको क्षतिको पुनःनिर्माणमा श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले सरकारसँग विपद्जन्य घटनाहरुबाट भएको भौतिक संरचनाहरको क्षतिको पुनःनिर्माणका लागि श्रोत सुनिश्चितताबारे जवाफ माग गर्नुभएको हो । उहाँले यसबारेमा सरकारले सोचेको छ की छैन भन्दै प्रश्न गर्नुभयो । उहाँले जाजरकोटको भूकम्पबाट करिव ९२ हजार भन्दा बढी घरहरुको पुनःनिर्माण गर्नुपर्ने आँकलन गरिएको तर कतिपय नागरिकले दोस्रो किस्ता समेत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले मंसिर अन्तिमसम्म असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने भनिएपनि अभैm कतिपयले पहिलो किस्ता समेत नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोटको भूकम्पबाट करिव ९२ हजार भन्दा बढी घरहरुको पुनःनिर्माण गर्नुपर्ने आँकलन गरिएको थियो । पुनःनिर्माण धेरै परको कुरा दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन् । उदेकलाग्दो कुरा त, भर्खरमात्रै डिडिए भएको छ । असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने मंसिर मसान्तसम्म भनियो । अझै कतिले सामान्य पहिलो किस्ताको अनुदान राम्रोसँग नपाएको अवस्था छ । ४१ वटा सडक खण्डको पुनःनिर्माण गर्नको लागि मात्रै २५ अर्ब चाहिन्छ । करिव १ खर्ब रुपैयाँ चाहिन्छ । सरकारले बजेटमा छुट्याएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ रु यो वर्षामा कसरी बाटोहरु बन्छ । जाजकरोट भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका कामहरुको श्रोत कसरी जुटाउने सोचिएको छ की छैन, सदनलाई जानकारी गराइयोस्, हामी सुन्न पनि चाहन्छौँ । त्यो छलफलमा भाग लिन पनि चाहन्छौँ । ’

महामन्त्री थापाले जाजकरोट भूकम्प, असोजको बाढीका बारेमा गरिएका कामहरुको श्रोत कसरी जुटाउने ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।