१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको बैठक निस्कर्षविहिन



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिना निस्कर्ष सकिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा विरोध गर्ने भन्ने कुनै निर्णय लिन नसकेको हो ।

सरकारले ल्याएको अध्यादेश प्रतिनिधि सभाको बैठकबाट सहजै पारित हुने भएपनि राष्ट्रिय सभाबाट पारित हुने स्थिति नरहेपछि जसपा, नेपालसँग सरकारले समर्थनको लागि आग्रह गरिरहेको छ । सोही विषयमा निर्णय गर्न संसदीय दलकोबैठक बसेको भएपनि संसदको आजको कार्यसूचिबाट अध्यादेशसम्बन्धी विषय हटेपछि कुनै निर्णय नगरेको पार्टीकी प्रमुख सचेतक रेखा यादवले बताउनु भयो । उहाँकाअनुसार बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबाट अध्ययन गर्न पार्टीको तर्फबाट बनाइएको कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ ।

उहाँले भन्नुभयो, ‘अध्यादेशबारे कार्यदलले अध्ययन गरेको प्रतिवेदन हामीले पार्टीका अध्यक्ष उपेन्द्र यादवज्युलाई बुझाएका छौँ । संसदको कार्यसूचि अध्यादेशबाट हटेसँगै हामीले पनि अर्को दिन बस्नेगरी बैठक स्थगन गरेका छौँ । एक दुई दिनमै निर्णय हुनेछ । सुकुम्बासीको पहिचान हुनुप¥यो । भूमिहिनलाई पहिचान गरेर जहाँको बासिन्दा हो त्यहाँ नै बसोवास हुुनपर्छ । उनीहरुलाई बसाईंसराई गर्नु हुँदैन ।’

उहाँले २६ गते पुनः बैठक बसेर अध्यादेशको समर्थन वा विरोध गर्ने भन्नेबारेमा निर्णय लिइने बताउनु भयो ।