६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक पहिरो (अपडेट): एक जनाको शव भेटियो, १७ जनाभन्दा बढी बेपत्ता



अ+ अ-

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। गएरातिको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका १७ जनाभन्दा बढी बेपत्ता भएको र १ जनाको शव भेटिएको स्थानीयले जानकारी दिएका छन्। 

स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा १७ जना बेपत्ता भएको अनुमान गरिएको छ। पहिरोमा पुरिएका परिवारका कोहि पनि सम्पर्कमा नआएकाले कति बेपत्ता भन्ने एकिन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको सापकोटाको भनाइ छ।  

त्यसैगरी भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानीयले जानकारी दिएका छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे बुझ्न र उद्धारका लागि प्रहरी घटनास्थलतर्फ जाँदै छ। अहिलेसम्म कति घर पुरिएको हो यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यता सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ आउँदै छन्। उनी काठमाडौंबाट बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन्। अन्नपुर्णपोष्ट दैनिक