३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.22

Wind: 1.03

Humidity: 64

तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ ।

बिहीबार संसदको ल्होत्से हलमा बैठक बसिरहेको हो । बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिनुहुनेछ ।

गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए । सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिनुहुनेछ ।

साथै आज बस्ने संसदको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रश्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल हुनेछ ।