१४ श्रावण २०८३, बिहीबार
,
Latest
खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे ओली र देउवालाई



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले प्रधानमन्त्री ओली र सभापति देउवालाई छुट्टा छुट्टै भेट गरेका हुन् ।

अध्यादेशबारे निर्णय लिन आज बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बस्दै छ । उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशबारे तयार पारेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने बताईएको छ । सांसदहरूसँगको छलफलपछि पार्टीले अध्यादेशबारे आधिकारिक निर्णय सार्वजनिक गर्ने बताईएको छ ।

आज प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले ल्याइएको अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।