२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्ने भएको हो ।

बानेश्वर स्थित लोत्से हलमा बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।

आजको बैठकमा आज प्रतिनिधि सभामा पेस हुने अध्यादेशका विषयमा पनि छलफल हुने भएको छ।