२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर क्रिकेट रंगशाला तोकिएकै समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीओ निर्देशन



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट रंगशाला तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले तिन सिफ्टमा काम हुने बताएका छन्। शहरी विकास मन्त्रालयका सचिव र मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरेर यस्तो निर्देशन दिएको सुनाएका हुन् । मंगलबारमात्रै प्रधानमन्त्री ओलीले खेलाडीहरु रोहित पौडेल, इन्दु बर्मा, पूजा महतो र क्यानका सचिव पारस खड्कासँग भेटेका थिए ।

प्रधानमन्त्री ओलीको फेशबुक पेजमा लेखिएको

अस्ति हाम्रा खेलाडी रोहित पौडेल, इन्दु बर्मा, पूजा महतो सहित क्यानका सचिव पारस खड्कासँगको भेटमा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशाला सहित समग्र नेपाली क्रिकेटको कुरा भएको थियो । त्यसको भोलिपल्टै हिजो शहरी विकास मन्त्री सहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रंगशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको छु। पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको जानकारी पाएँ। कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको छु।