
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट रंगशाला तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले तिन सिफ्टमा काम हुने बताएका छन्। शहरी विकास मन्त्रालयका सचिव र मन्त्रालयका पदाधिकारीहरुसँग छलफल गरेर यस्तो निर्देशन दिएको सुनाएका हुन् । मंगलबारमात्रै प्रधानमन्त्री ओलीले खेलाडीहरु रोहित पौडेल, इन्दु बर्मा, पूजा महतो र क्यानका सचिव पारस खड्कासँग भेटेका थिए ।
प्रधानमन्त्री ओलीको फेशबुक पेजमा लेखिएको
अस्ति हाम्रा खेलाडी रोहित पौडेल, इन्दु बर्मा, पूजा महतो सहित क्यानका सचिव पारस खड्कासँगको भेटमा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशाला सहित समग्र नेपाली क्रिकेटको कुरा भएको थियो । त्यसको भोलिपल्टै हिजो शहरी विकास मन्त्री सहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रंगशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको छु। पहिलो चरणमा फ्लड लाइट, प्यारापिट बनाउने र दोस्रो चरणमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने काम अघि बढेको जानकारी पाएँ। कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको छु।