२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड कोपा डेल रे सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ। लेगानेसलाई पराजित गर्दै स्पेनी महारथी रियल म्याड्रिड कोपा डेल रे को सेमिफाइनल प्रवेश गरेको छ ।

२० वर्षीय युवा खेलाडी गोन्जालो गार्सियाले अन्तिम मिनेटमा निर्णायक गोल गर्दै लेगानेसविरुद्ध ३-२ को रोमाञ्चक जित दिलाए। बुत्राके स्टेडियममा भएको खेलमा घरेलु टोलीले शानदार सुरुआत गरे पनि अन्ततः मड्रिड विजयी बन्न सफल रह्यो।

रियललाई जित दिलाउने क्रममा लुका मड्रिडले १८ औँ मिनेटमा पहिलो अग्रता दिएका थिए । एन्ड्रीकले २५ औँ मिनेटमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । तर पहिलो हाफको ३९ औँ मिनेटमा पेनाल्टी मार्फत लेगानेसका जोज क्रुजले गोल गर्दै टिमलाई २-१ को अवस्थामा लगे ।

खेलको अन्त्यतिर मड्रिडले लगातार दबाब सिर्जना गर्‍यो। लेगानेसका गोलरक्षक सोरियानोले नौ उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई खेलमा राख्ने प्रयास गरे। तर, इन्जुरी टाइमको ९३औं मिनेटमा ब्राहिम डियाजको क्रसलाई गोन्जालो गार्सियाले हेडिङ गर्दै निर्णायक गोल गरे।