
काठमाडौं । न्यूक्यासल युनाइटेड काराबाओ (इएफएल कप)को फाइनलमा प्रवेश गरेको छ ।
केहीबेरअघि भएको सेमिफाइनल खेलको दोस्रो लेगमा आर्सनललाई २-० ले हराउँदै समग्रमा ४-० को नतिजासहित न्यूक्यासलले फाइनलको टिकट काटेको हो ।
घरेलु मैदान जेम्स पार्कमा न्यूक्यासललाई जित दिलाउन खेलको १९ औं मिनेटमा ज्याकोब मुर्फीले तथा ५२ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गरे । यो नतिजासँगै आर्सनलको काराबाओ कपको यात्रा सेमिफाइनलबाट टुंगिएको छ ।
अब न्यूक्यासलले उपाधिका लागि भोलि हुने टोटेनहम र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।