२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

आयोजक एक्सेल्सियरको विजयी सुरुआत

आयोजक एक्सेल्सियरको विजयी सुरुआत
अ अ+ अ-

काठमाडौँ: आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले ह्वाइटफिल्डलाई २७–११ ले पराजित ग¥यो । एक्सेल्सियरका छिरिङ गुरुङले १२ अंक जोडे ।

सिनियर ब्वाइजमै संस्कृतिले पुष्पसदनलाई २२–२०, भ्याली भ्युले होली भिजनलाई ३४–२६ र रेडियन्ट पब्लिकले न्यु जेनिथलाई ४३–१९ ले हराए । संस्कृतिका प्राण्जन शर्माले ९, भ्याली भ्युका गणेशबहादुर विष्टले १५ र रेडियन्टका सुप्रित लामिछानेले ११ स्कोर गरे ।

बास्केटबलकै सिनियर गल्र्समा रिब्सले निःसर्ग वाटिकालाई २४–१ तथा ल्यान्डमार्क एकेडेमीले एक्सेल्सियरलाई २१–५ ले सहजै पाखा लगाए । रिब्सकी सुप्रिया मल्लले ९ तथा ल्यान्डमार्ककी प्रतिक्षा राईले ११ अंक बटुले ।

ब्वाइज फुटसल:

ब्वाइज फुटसलको यु–१४ मा एक्सेल्सियरले शानदार जित हात पारेको छ । एक्सेल्सियरले काभ्यामाथि ७–१ को सहज जित दर्ता ग¥यो । एक्सेल्सियरका लागि कृष एक्लैले ४ गोल गर्दा साहिल, निक्सन र आयानले समान १–१ गोल थपे । काभ्याका प्रयुश दाहालले सान्त्वना गोल गरे ।

यु–१६ मा निःसर्ग वाटिकाले एक्सेल्सियरलाई २–० गोलले पराजित ग¥यो । निःसर्गका सदिसनध्वज र अक्सिन दासले समान १–१ गोल गरे । बोधीसत्व विरुद्धको खेलमा भने निःसर्गले २–२ गोलको बराबरी खेल्यो ।

यु–११ मा काभ्याले संस्कृतिलाई २–० गोलले हरायो । काभ्याका लागि दुवै गोल रेहान श्रेष्ठले गरे । भ्याली भ्यु र स्वस्तिश्री गुरुकुलबीचको खेल गोलरहित बराबरीमा सकियो ।

यु–९ मा काभ्याले एक्सेल्सियरलाई ४–१ गोलले पाखा लगायो । काभ्याका प्राण्जलले ह्याट्रिक तथा सुवासिशले १ गोल गरे । एक्सेल्सियरका सनिश रजौरेले १ गोल फर्काए । संस्कृतिले एक्सेल्सियरलाई ३–० गोलले पन्छायो । संस्कृतिका श्रीयान्श, आर्भे र अर्सवले समान १–१ गोले गरे ।

प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिम सहभागी छन् । ब्वाइज फुटसलको यु–९ मा ९, यु–११ मा १४, यु–१४ मा १२ र यु–१६ मा १२ टिमले भाग लिएका छन् ।