६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सत्कर्मका लागि राज्य र संस्था जोडिनुपर्छ : मुख्यमन्त्री शाह

सत्कर्मका लागि राज्य र संस्था जोडिनुपर्छ : मुख्यमन्त्री शाह
अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्कर्मका लागि राज्य सँगसँगै सङ्घसंस्था पनि आपसमा जोडिनुपर्ने बताएका छन् ।

मानवता प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएको नेपाल मानवसेवा आश्रमको पहलमा धनगढीमा आज शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहले राज्य एक्लैको प्रयासमा मानवीय सेवाजस्ता सत्कर्म गर्न कठिन हुने भएकाले यस्ता कार्यमा सङ्घसंस्था पनि जोडिनुपर्ने बताए ।

आश्रमले मानवताका क्षेत्रमा निःस्वार्थ भएर गरिरहेको सेवाको सराहना गर्दै उनले आश्रमले लिएको लक्ष्य पूर्णताका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमले धनगढी उपमहानगरपालिका–१५ उर्मी गाउँमा मानवीय मन्दिर (भवन) बनाउने लक्ष्यले महायज्ञ गरिएकाले मानवीय सेवामा सहयोग गर्न आग्रह गर्नुभयो । उर्मी गाउँको दुई बिघा जग्गामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवनका लागि रू ३७ करोडको गुरूयोजना बनेको छ ।

उक्त भवनमा आश्रमको भवनमात्र नभई मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गर्ने लक्ष्य छ । भवनमा सुदूरपश्चिम प्रदेशका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने जनाइएको छ ।

यसअघि धनगढीको शिवपुरी धामबाट बाजागाजा, सांस्कृति झाँकीसहित निस्किएको कलश यात्रा महायज्ञ स्थलमा पुगेर टुङ्गिएको थियो । माघ ३० गतेसम्म हुने महायज्ञमा चर्चित कथावाचक कमलनयन गौतमबाट श्रीमद्भागवत कथा थावाचन हुँदैछ ।

यसैगरी भजनकीर्तन, योगशिविर, विद्यार्थीमाझ साकारात्मक सोच र मानवता प्रवर्द्धन एवं व्यावहारिक शैक्षिक ज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महयज्ञमा तुलादान, पितृ उद्धार, धान्याञ्चल, पञ्चायन पूजा, लक्षवर्तीका, ग्रहशान्ति, ८४ पूजा, आदि कार्य पनि गर्न लागिएको छ ।

हालसम्म यस आश्रमले स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत केही नभएका ११ हजार एक सय सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अतिकमजोर र अनाथ मानवहरू) को उद्धार गरेको छ । यीमध्ये पाँच हजारको सामुदायिक तथा पारिवारिक पुनःमिलन गराएको छ । हाल यो आश्रमका विभिन्न जिल्लाका शाखामा झण्डै दुई हजारले सहारा लिइरहेका छन् ।