१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

21.16°C

काठमाडौं

21.16°C

Kathmandu

Feels-like: 20.11

Wind: 2.12

Humidity: 30

Latest
नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङ्देन ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी महिला टी–२० क्रिकेटमा नेपालको सान्त्वना जित सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण: तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन तराईमा होली – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार



अ+ अ-

रुकुम पश्चिम। यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सल्लेबाट उद्धार गरी २८ वर्षीया सीता बुढालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । उनलाई अत्यधिक रक्तस्राव भएको र जुनसुकैबेला सघन उपचार कक्षको आवश्यकता पर्नसक्ने भएकाले हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत पठाइएको जिल्ला अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केहलबिक्रम जिसीले जानकारी दिए ।

उनका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो । उनलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।