६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एकीकृत निर्वाचन विधेयक संघीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

एकीकृत निर्वाचन विधेयक संघीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन
अ+ अ-

काठमाडौँ। संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

राष्ट्रिसभाअन्तर्गतको यस संसदीय समितिका सभापति सोनाम गेल्जेन शेर्पाले बुधबारको बैठकले यस्तो निर्णय भएको जानकारी दिए। बैठकले निर्वाचन आयोगको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्नसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

नेपालको निर्वाचन प्रणालीका सम्बन्धमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन जवरालगायतको उपस्थितिमा छलफल भएको थियो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन व्यवस्थापन ऐन र निर्वाचन आयोग ऐनमा सुधार गरेर विद्यमान प्रणालीको सुदृढीकरण र निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार गर्ने धारणा राखे।

‘परिस्कृत र गतिलो कानुन बनाएर २०८४ को निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध छ,’ उनले भने। उनले निर्वाचनमा प्रविधिको प्रयोग महँगो पर्ने भन्दै संवेदनशीलताका आधारमा पनि कागजी मतपत्र प्रयोग गर्न सहज हुने राय व्यक्त गरे।

निर्वाचन प्रणाली सुधारका लागि आयोगको धारणा प्रस्तुत गर्दै उनले संविधानको मर्मअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक तिहाइ महिला उम्मेदवारी दिनेगरी कानुनी व्यवस्था गरिएमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व हुन नसकेको वर्ग समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न सकिने बताए।

आरक्षित निर्वाचन क्षेत्रबारे भने आयोग सकारात्मक नरहेको उनको भनाइ थियो। प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन क्षेत्र, वडा तोक्न सहमत छैनौँ। प्रतिस्पर्धात्मक प्रणालीमा उम्मेदवारी अनिवार्य गरौँ, त्यसले स्वतः प्रतिनिधित्व गराउँछ।’

निर्वाचन प्रणाली कस्तो हुने भन्ने राजनीतिक विषय भएको बताउँदै उनले संविधान संशोधनको माध्यमद्वारा मात्र परिमार्जन गर्न सकिने हुँदा बृहत् र तुलनात्मक अध्ययन गरेर आमसहमतियुक्त धारणासहित निर्वाचन प्रणालीमा संशोधन उपयुक्त हुने धारणा राखे।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गराउँदा पहिलो हुने निर्वाचित हुने पद्धतिबाट प्रतिनिधित्व हुन नसकेको वर्ग, क्षेत्र, लिङ्ग, जातजाति र समुदायको प्रतिनिधित्व हुनेगरी निर्वाचित गर्नुपर्ने धारणा उनको थियो।

समितिका सदस्यहरुले निर्वाचन भड्किलो र खर्चिलो बन्दै गएकोतर्फ आयोगको ध्यानाकर्षण गराएका थिए। उनीहरुले महिला उम्मेदवारलाई महिला उम्मेदवारसँगमात्र प्रतिस्पर्धा हुनेगरी छुट्टै निर्वाचन क्षेत्र कायम गर्नेबारे जिज्ञासा राखेका थिए।

समिति सदस्यहरुले गठबन्धनको असर महिला प्रतिनिधित्वमा परेको बताए। त्यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाको ‘थ्रेसहोल्ड’ समान हुनुपर्ने विषयमा छलफल भएको थियो। रासस