
काठमाडौँ। खेलकुदलाई तहगत रुपमा विकास गर्ने उदेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।
दोस्रो विश्वविद्यालय खेलकुदको आज पोखरामा उद्घाटन गर्नु हुदै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था गरिको जानकारी पनि दिए ।
सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा मधुसुदन सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विश्व विध्यालयका रजिष्टार, डिन तथा कार्यक्रम संयोजकहरुको उपस्थिति थियो ।
माघ २४ गते सम्म सन्चालन हुने प्रतियोगितामा काठमाण्डौ,पूर्वान्चल, त्रिभूवन, पोखरा, गण्डकी, लम्विनी, सुदुर पश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टिम सहभागी छन् । भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्दा भईरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मिन कुमार शर्माले बताए।