२५ माघ २०८१, शुक्रबार
,
Latest
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीपी कोइरालामा डायलासिस भवन निर्माण सुरु



अ+ अ-

तनहुँ। जिल्लाको शुक्लागण्डकी–५ दुलेगौँडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा प्रवाहका लागि भौतिक संरचना निर्माण सुरु गरिएको छ ।

मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई आगामी चैत ७ गते जीपी स्मृति दिवसका दिनदेखि सेवा दिने उद्देश्यसहित भौतिक संरचना निर्माण सुरु गरिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले रु ४० लाख लागतमा डायलासिस भवन निर्माण भइरहेको जानकारी दिए । “डायलासिस गर्न आवश्यक पर्ने शय्या र केही उपकरण अस्पतालमा रहेकाले अन्य छ वटा उपकरण स्वास्थ्य सेवा विभागबाट माग गरिएको छ । विपन्न नागरिक उपचार कार्यक्रम सूचिकृतका लागि प्रक्रिया अघि बढाइएको छ ।

डायलासिसका लागि प्रतिव्यक्ति रु दुई हजार पाँच लाग्ने शुल्कमा निःशुल्क गर्न नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभागमा सूचीकृत गर्न पठाइएको निर्देशक डा श्रेष्ठले बताए । उनका अनुसार माग गरिएका छ वटा उपकरणमध्ये एउटा इमर्जेन्सी सेवाका लागि राखिने छ भने पाँच वटा दैनिक सेवामा प्रयोग गरिनेछ । उनले भने यसले हप्तामा तीस जना बिरामीलाई सेवा प्रवाह गर्न सकिनेछ ।

डायलासिस सेवाका लागि संरचना निर्माणमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग रहेको केन्द्रले जनाएको छ । सेवा सञ्चालन गर्न तीन नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको अस्पतालका प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए । स्वास्थ्य बिमाबाट पनि उपचार सेवाप्राप्त गर्नसक्ने भएपछि बिरामीको घुइँचो बढेको भन्दै उहाँले दैनिक तीन सयबढी बिरामीले सेवा लिइरहेका जानकारी दिए ।

पौडेलका अनुसार यतिबेला रुघाखोकी, ज्वरोलगायत मौसमी सङ्क्रमण भएका बिरामीको घुइँचो बढी छ । केन्द्रले श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी तथा सामान्य शल्यक्रियासम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा तनहुँसहित स्याङ्जा, पाल्पा, नवलपरासी, कास्की, लमजुङलगायत जिल्लाबाट सेवाग्राही उपचारका लागि आउने गरेका छन् । रासस