६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीपी कोइरालामा डायलासिस भवन निर्माण सुरु



अ+ अ-

तनहुँ। जिल्लाको शुक्लागण्डकी–५ दुलेगौँडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा प्रवाहका लागि भौतिक संरचना निर्माण सुरु गरिएको छ ।

मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई आगामी चैत ७ गते जीपी स्मृति दिवसका दिनदेखि सेवा दिने उद्देश्यसहित भौतिक संरचना निर्माण सुरु गरिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले रु ४० लाख लागतमा डायलासिस भवन निर्माण भइरहेको जानकारी दिए । “डायलासिस गर्न आवश्यक पर्ने शय्या र केही उपकरण अस्पतालमा रहेकाले अन्य छ वटा उपकरण स्वास्थ्य सेवा विभागबाट माग गरिएको छ । विपन्न नागरिक उपचार कार्यक्रम सूचिकृतका लागि प्रक्रिया अघि बढाइएको छ ।

डायलासिसका लागि प्रतिव्यक्ति रु दुई हजार पाँच लाग्ने शुल्कमा निःशुल्क गर्न नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभागमा सूचीकृत गर्न पठाइएको निर्देशक डा श्रेष्ठले बताए । उनका अनुसार माग गरिएका छ वटा उपकरणमध्ये एउटा इमर्जेन्सी सेवाका लागि राखिने छ भने पाँच वटा दैनिक सेवामा प्रयोग गरिनेछ । उनले भने यसले हप्तामा तीस जना बिरामीलाई सेवा प्रवाह गर्न सकिनेछ ।

डायलासिस सेवाका लागि संरचना निर्माणमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग रहेको केन्द्रले जनाएको छ । सेवा सञ्चालन गर्न तीन नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको अस्पतालका प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए । स्वास्थ्य बिमाबाट पनि उपचार सेवाप्राप्त गर्नसक्ने भएपछि बिरामीको घुइँचो बढेको भन्दै उहाँले दैनिक तीन सयबढी बिरामीले सेवा लिइरहेका जानकारी दिए ।

पौडेलका अनुसार यतिबेला रुघाखोकी, ज्वरोलगायत मौसमी सङ्क्रमण भएका बिरामीको घुइँचो बढी छ । केन्द्रले श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी तथा सामान्य शल्यक्रियासम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा तनहुँसहित स्याङ्जा, पाल्पा, नवलपरासी, कास्की, लमजुङलगायत जिल्लाबाट सेवाग्राही उपचारका लागि आउने गरेका छन् । रासस