२७ असार २०८३, शनिबार
,
Latest
अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० सिरिजः नेपालकोे लगातार पाँचौ हार



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी महिला टि–२० सिरिजमा नेपालले लगातार पाँचौ हार बेहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले कुनैपनि विकेट नगुमाई पूरा गर्‍यो ।नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित ९८ रन बनाईन् । उनल े११ चौका र २ छक्का प्रहार गरिन् । त्यसैगरी, फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका लागि पुजा महतोले अविजित अर्धशतकिय पारी खेलिन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन जोडिन् । यस्तै, कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् ।

नेदरल्याण्ड्सका आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १/१ विकेट लिए ।