
काठमाडौँ । राजधानीमा जारी महिला टि–२० सिरिजमा नेपालले लगातार पाँचौ हार बेहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले कुनैपनि विकेट नगुमाई पूरा गर्यो ।नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित ९८ रन बनाईन् । उनल े११ चौका र २ छक्का प्रहार गरिन् । त्यसैगरी, फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका लागि पुजा महतोले अविजित अर्धशतकिय पारी खेलिन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन जोडिन् । यस्तै, कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १/१ विकेट लिए ।