काठमाडौँ । राजधानीमा जारी महिला टि–२० सिरिजमा पुजा महतोको अर्धशतकमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।
नेपालका लागि पुजा महतोले अविजित अर्धशतकिय पारी खेलिन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन जोडिन् । यस्तै, कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १/१ विकेट लिए ।










