१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

24.83°C

काठमाडौं

24.83°C

Kathmandu

Feels-like: 23.94

Wind: 3.86

Humidity: 22

Latest
युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त, छलफल जारी एमालेले सचिवालय बैठक बोलायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने महिला टी–२० क्रिकेटः हङकङद्वारा नेपाललाई १०५ रनको लक्ष्य डब्लुपिएलको फाइनलमा मुम्बई र दिल्ली भिड्ने भारतीय अन्तरिक्ष मिशन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ? सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मोदीद्वारा प्रयागराज महाकुम्भमा पवित्र स्नान



अ+ अ-

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गर्दै प्रधानमन्त्रीले सङ्गममा पुगि पवित्र स्नान गरेका हुन् ।

त्यसक्रममा, प्रधानमन्त्री मोदीले करिब पाँच मिनेट मन्त्र जप गर्दै सूर्यदेवको पूजा गरे । उनले गंगामा पूजासमेत गरेका छन् ।

प्रयागराजमा ढाई घण्टा बिताएका प्रधानमन्त्री मोदीले सबै वस्तुस्थितिबारेमा अवलोकन गरी साधुसन्तसँग छलफलसमेत गरेका छन् ।

पौष पूर्णिमा (सन् २०२५ जनवरी १३) देखि सुरु भएको महाकुम्भ फेब्रुअरी २६ को महाशिवरात्रिसम्म जारी रहनेछ ।

स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म गङ्गा, यमुना र रहस्यमयी सरस्वतीको सङ्गममा ३७ लाख ४८ हजारभन्दा बढी भक्तजनले पवित्र स्नान गरेका छन् । यसले विशाल धार्मिक समागमको गहिरो आध्यात्मिक उत्साह बढाएको छ । यसमा दिव्य आशीर्वाद प्राप्त गर्न बिहानै आइपुगेका १० लाखभन्दा बढी कल्पवासी र २७ लाख ४८ हजार तीर्थयात्री समावेश छन् ।

उत्तर प्रदेश सरकारको तथ्याङ्कअनुसार महाकुम्भ सुरु भएदेखि फेब्रुअरी ४ सम्म स्नान गर्नेहरूको कुल सङ्ख्या ३८ करोड २० लाख नाघेको छ । यसले यस कार्यक्रमको अतुलनीय आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई दर्शाउँछ ।

यसअघि मङ्गलबार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले महाकुम्भ–२०२५ का लागि प्रयागराजको भ्रमणका क्रममा विभिन्न महत्त्वपूर्ण आध्यात्मिक गतिविधिमा भाग लिएका थिए ।