२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीबारे इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद



अ+ अ-

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि टेलिफोन संवाद गर्नुभएको छ ।

मंगलबार अपराह्न राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग संवाद गरेको परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

संवादका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको भनेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।