९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

विराटनगरमा गुणस्तरीय तथा नापतौल सम्बन्धी सचेतनामूलक कार्यक्रम

विराटनगरमा गुणस्तरीय तथा नापतौल सम्बन्धी सचेतनामूलक कार्यक्रम
अ अ+ अ-

विराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाण्डौंद्वारा आज यहाँ आयोजित गुणस्तरीय तथा नापतौल सम्बन्धी ‘प्रदेश स्तरीय सचेतनामूलक’ कार्यक्रम सम्पन्न भएको छ ।

एक दिने सो कार्यक्रममा उद्योगी, व्यापारी, उपभोक्ता, सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रममा विभागका महानिर्देशक पारसमणि यादव, उपमहानिर्देशक तारादत्त भट्ट र नापतौल तथा गुणस्तरीय कार्यालय विराटनगरका प्रमुख शम्भूप्रसाद झाले आ–आफ्‌नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नापतौल, ढक र तराजु, गुणस्तरीय वस्तुमा उपभोक्ताको अधिकार र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन खेल्न सकिने भूमिकाका विषयमा सचेतना गराइएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मूल्यवृद्धि र मिसावट जस्ता विषयमा आउने उजुरीलाई सम्बोधन गर्न बजार अनुगमन गर्ने गरेको जानकारी दिँदै गुणस्तर र उचित नापतौलका विषयमा कसैसँग सम्झौता नगर्ने कुरामा जोड दिनुभयो ।

विभागका उपमहानिर्देशकको अध्यक्षतामा भएको सो कार्यक्रममा महानिर्देशक पारसमणि यादव,उद्योग स्रगठन मोरङका पूर्व अध्यक्ष सुयेशराज प्याकुरेल, नेपाल उद्योग व्यापार संघ मोरङका उपाध्यक्ष विकास बेगवानी, घरेलु तथा साना उद्योग मोरङका अध्यक्ष चेतन निरौला, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय मोरङका प्रमुख विजय खनालले पनि बोल्नु भएको थियो ।