२९ फाल्गुन २०८१, बिहीबार
March 13, 2025 Thursday

12.29°C

काठमाडौं

12.29°C

Kathmandu

Feels-like: 10.98

Wind: 1.58

Humidity: 54

Latest
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च : डब्लुएचओ रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ आमाबाट छुट्टिएको छावाको उद्धार ट्रम्पको चेतावनी : युरोपबाट आयात हुने मदिरामा २०० प्रतिशत कर लगाइने स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते नेपालले महिला तथा बालिकाको सशक्तीकरण र समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा गुणस्तरीय तथा नापतौल सम्बन्धी सचेतनामूलक कार्यक्रम



अ+ अ-

विराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाण्डौंद्वारा आज यहाँ आयोजित गुणस्तरीय तथा नापतौल सम्बन्धी ‘प्रदेश स्तरीय सचेतनामूलक’ कार्यक्रम सम्पन्न भएको छ ।

एक दिने सो कार्यक्रममा उद्योगी, व्यापारी, उपभोक्ता, सरोकारवालाहरुको सहभागिता रहेको सो कार्यक्रममा विभागका महानिर्देशक पारसमणि यादव, उपमहानिर्देशक तारादत्त भट्ट र नापतौल तथा गुणस्तरीय कार्यालय विराटनगरका प्रमुख शम्भूप्रसाद झाले आ–आफ्‌नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नापतौल, ढक र तराजु, गुणस्तरीय वस्तुमा उपभोक्ताको अधिकार र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन खेल्न सकिने भूमिकाका विषयमा सचेतना गराइएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मूल्यवृद्धि र मिसावट जस्ता विषयमा आउने उजुरीलाई सम्बोधन गर्न बजार अनुगमन गर्ने गरेको जानकारी दिँदै गुणस्तर र उचित नापतौलका विषयमा कसैसँग सम्झौता नगर्ने कुरामा जोड दिनुभयो ।

विभागका उपमहानिर्देशकको अध्यक्षतामा भएको सो कार्यक्रममा महानिर्देशक पारसमणि यादव,उद्योग स्रगठन मोरङका पूर्व अध्यक्ष सुयेशराज प्याकुरेल, नेपाल उद्योग व्यापार संघ मोरङका उपाध्यक्ष विकास बेगवानी, घरेलु तथा साना उद्योग मोरङका अध्यक्ष चेतन निरौला, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय मोरङका प्रमुख विजय खनालले पनि बोल्नु भएको थियो ।