३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध



अ+ अ-

काठमाडौं । हाल प्रदर्शनरत चलचित्र ‘एक्टरस् टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।

रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन्‌ ।

चलचित्रमा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली सिनेमाको संस्कारमा हुर्किएकी भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ । तर, उनले आफ्नो भूमिकाबारे भने खुलासा गर्न चाहिनन् ।

दिव्याले आफ्नो पहिलो चलचित्र ‘एक्टरस् टेक वन’मा नै उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए । उनले रायमाझीको लागि यस चलचित्रको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने भएकाले अनुबन्ध गरिएको बताए ।

वन टू थ्री स्टुडियोज प्रा।लि।को ब्यानरमा निर्माण हुने यस चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् । यो चलचित्रको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एक कुशल एआई कलाकार पनि हुन् ।

यस चलचित्रको छायाङ्कन चाँडै सुरु हुने तयारीमा छ भने अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ । चलचित्रको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ ।




भर्खरै