
एजेन्सी। स्विडेनमा एक विद्यालयमा मंगलबार गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले बताएको छ। यसलाई स्विडेन सरकारले देशकै ठूलो सामूहिक गोलीकाण्ड भनेको छ।
घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । धेरै घाइतेहरूको अस्पतालमा उपचार भइरहको छ । त्यसमध्ये ४ जनाको शल्यक्रिया भइरहेको छ ।
प्रहरीले शुरुमा ५ जनालाई गोली हानेको र घटनालाई हत्या प्रयास, आगजनी र हतियारको जघन्य अपराधका रूपमा अनुसन्धान भइरहेको बताएको छ । अनुसन्धानकै क्रममा १० जनाको मृत्यु भएको पुष्टि गरेको हो । हालसम्मको अनुसन्धानले आक्रमणकोपछि आतंकवादी उद्देश्य नभएको पुष्टि भएको छ ।
रोयटर्सको रिपोर्ट अनुसार डिसेम्बर २०२४ मा स्वीडेनमा ४० जनाको गोली हानी हत्या गरिएको थियो। स्वीडेनमा भएको हिंसाको पछाडि मध्यपूर्व र बाल्कन देशका मुस्लिम आप्रवासीहरू संलग्न हुनसक्ने विज्ञहरूको भनाइ छ। युरोपमा बन्दुकबाट हुने मृत्युको सन्दर्भमा अल्बानिया र मोन्टेनेग्रो पछि स्वीडेन पर्छ।