२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव



अ+ अ-

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टी अमेरिकाले आफ्नो स्वामित्वमा लिने घोषणा  गरेका छन्।

अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको भेटमा ट्रम्पले गाजालाई नियन्त्रणमा लिने प्रस्ताव गरेका छन्। उनले गाजा नियन्त्रणमा लिएर नपड्किएका बमलाई निस्तेज पार्ने तथा पुननिर्माण गरेर बस्न लायक बनाउने प्रस्ताव गरेका छन्। यसका लागि गाजाका बासिन्दालाई अन्यत्र सार्ने प्रस्ताव पनि ट्रम्पको छ।

अमेरिकी मिडिया सिएनएनका अनुसार पत्रकारहरूले ट्रम्पलाई त्यसो भए गजामा अमेरिकी सेना पठाउन लागिएको हो भनेर प्रश्न गरेका थिए।त्यसको जबाफमा ट्रम्पले अस्वीकार भने गरेनन्। ‘हामी आवश्यकता अनुसार गर्नेछौं। यदी आवश्यक परे त्यसो गर्न पनि सक्नेछौं। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौं,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहु एक आपसक्रा हितैषी मानिन्छन्। ट्रम्पको पहिलो कार्यकालमा नै जेरुसेलममा अमेरिकी दूतावास फेरि स्थापना गरेका थिए। ट्रम्पले वार्ताको क्रममा दुई राज्यको चेपुवामा गाजालाई पार्न नहुने बताए। उनले इजरायल अहिलेसम्मकै नजिकको पाएको बताए।