४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका उप-विदेशमन्त्रीले छोडे अफगानिस्तान



अ+ अ-

काठमाडौं। तालिबानका उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्तानिकजाईले देश छोडेका छन् । उनी अफगानिस्तान छोडेर यूएई गएका छन् ।

उनी अफगानिस्तान छोडेर युएई गएको मिडिया रिपोर्टमा उल्लेख छ । स्तानिकजाईले अफगानिस्तानमा महिला शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको निर्णयको आलोचना गरेका थिए ।

तालिबानले अफगानी बालिकालाई माध्यमिक र उच्च शिक्षामा प्रवेश लिन प्रतिबन्ध लगाएको छ । स्टानिकजाईले भनेका थिए- ‘पैगम्बर मुहम्मदको समयमा पनि, शिक्षाको बाटो पुरुष र महिला दुवैका लागि खुला थियो । त्यहाँ यति उल्लेखनीय महिलाहरू थिए, यदि मैले उनीहरूको योगदानको विवरण दिनु पर्यो भने मलाई धेरै समय लाग्नेछ ।’

स्तानिकजाईको यो बयानपछि तालिबान नेता मुल्ला अखुन्दजादाले उनलाई पक्राउ गर्न आदेश दिएका थिए । उनी अफगानिस्तानको लोगर प्रान्तको बाराकी बराक जिल्लाका हुन् । १९६३ मा जन्मेका स्टानिकजाई तालिबान लडाकुहरू जस्तै पश्तून हुन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेपछि, उनले देहरादूनको भारतीय सैन्य एकेडेमीमा तालिम लिएका थिए । १९७० को दशकदेखि, अफगान सेनाका सैनिकहरूलाई पनि यस एकेडेमीमा तालिम दिइन्थ्यो ।

भारतमा आफ्नो तालिम पूरा गरेपछि, स्टानिकजाई अफगान सेनामा भर्ती भए । सोभियत संघ-अफगानिस्तान युद्धको समयमा उनी अफगान सेनाको हिस्सा थिए । १९९६ मा, उनले अफगान सेना छोडे । त्यतिबेला अफगानिस्तानमा तालिबान सत्तामा आएको थियो । जागिर छोडेपछि स्टानिकजाई तालिबानमा सामेल भए । यसैबीच, केही रिपोर्टहरूले सोभियत संघले अफगानिस्तान कब्जा गरेपछि स्टानिकजाई काबुल फर्कनुको सट्टा पाकिस्तान गएका दाबी गरिन्छ । यहीँ उनी तालिबानमा सामेल भए।

तालिबानले गत डिसेम्बरमा महिलालाई नर्सिङ तालिममा पनि प्रतिबन्ध लगाएको थियो ।