५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका उप-विदेशमन्त्रीले छोडे अफगानिस्तान



अ+ अ-

काठमाडौं। तालिबानका उपविदेशमन्त्री शेर मोहम्मद अब्बास स्तानिकजाईले देश छोडेका छन् । उनी अफगानिस्तान छोडेर यूएई गएका छन् ।

उनी अफगानिस्तान छोडेर युएई गएको मिडिया रिपोर्टमा उल्लेख छ । स्तानिकजाईले अफगानिस्तानमा महिला शिक्षामा प्रतिबन्ध लगाउने तालिबानको निर्णयको आलोचना गरेका थिए ।

तालिबानले अफगानी बालिकालाई माध्यमिक र उच्च शिक्षामा प्रवेश लिन प्रतिबन्ध लगाएको छ । स्टानिकजाईले भनेका थिए- ‘पैगम्बर मुहम्मदको समयमा पनि, शिक्षाको बाटो पुरुष र महिला दुवैका लागि खुला थियो । त्यहाँ यति उल्लेखनीय महिलाहरू थिए, यदि मैले उनीहरूको योगदानको विवरण दिनु पर्यो भने मलाई धेरै समय लाग्नेछ ।’

स्तानिकजाईको यो बयानपछि तालिबान नेता मुल्ला अखुन्दजादाले उनलाई पक्राउ गर्न आदेश दिएका थिए । उनी अफगानिस्तानको लोगर प्रान्तको बाराकी बराक जिल्लाका हुन् । १९६३ मा जन्मेका स्टानिकजाई तालिबान लडाकुहरू जस्तै पश्तून हुन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेपछि, उनले देहरादूनको भारतीय सैन्य एकेडेमीमा तालिम लिएका थिए । १९७० को दशकदेखि, अफगान सेनाका सैनिकहरूलाई पनि यस एकेडेमीमा तालिम दिइन्थ्यो ।

भारतमा आफ्नो तालिम पूरा गरेपछि, स्टानिकजाई अफगान सेनामा भर्ती भए । सोभियत संघ-अफगानिस्तान युद्धको समयमा उनी अफगान सेनाको हिस्सा थिए । १९९६ मा, उनले अफगान सेना छोडे । त्यतिबेला अफगानिस्तानमा तालिबान सत्तामा आएको थियो । जागिर छोडेपछि स्टानिकजाई तालिबानमा सामेल भए । यसैबीच, केही रिपोर्टहरूले सोभियत संघले अफगानिस्तान कब्जा गरेपछि स्टानिकजाई काबुल फर्कनुको सट्टा पाकिस्तान गएका दाबी गरिन्छ । यहीँ उनी तालिबानमा सामेल भए।

तालिबानले गत डिसेम्बरमा महिलालाई नर्सिङ तालिममा पनि प्रतिबन्ध लगाएको थियो ।