२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी-२० क्रिकेट : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै



अ+ अ-

काठमाडौं। काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेल्दै छ ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ। जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ। शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो। दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्‍यो।

ब्याटिङमा सुधार देखिए पनि फिल्डिङ कमजोर हुदा नेपाल जित नजिक पुगेर पनि निराश हुँदै आएको छ। हिजो भएको खेलमा नेपालले थाइल्यान्डविरुद्ध १०७ रनको लक्ष्य पूरा गर्न सकेन्। इन्दु बर्माको टिम १०१ रनमा समेटिएको थियो। शीर्ष क्रमका ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन्।

चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ। थाइल्यान्ड च्याम्पियन बन्ने लगभग निश्चित छ। चोटका कारण अल राउन्डर कविता कुँवरले शृंखला गुमाउँदा नेपाललाई थप धक्का लाग्यो। उनलाई अन्डर नाइन्टिन टिमकी रचना चौधरीले रिप्लेस गरेकी छिन्।