काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदुत डा मझर जावेदले आइतबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेपालमा आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत जावेदले गृह मन्त्रालयमा विदाई भेट गर्नुभएको हो।
भेटमा गृहमन्त्री थापाले रराजदुत जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा धन्यवाद व्यक्त गर्दै नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो ।
राजदूत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने बताउनुभयो ।
राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताउनुभयो ।











