काठमाडाैंः संयुक्त राष्ट्रसंघको आह्वानमा लेबनानकाे शान्ति मिसनमा जान लागेका नेपाली सेनाका केही जवानमा काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे नेपाली सेनाले जनाएकाे छ ।
लिबियामा तैनाथ नेपाली फाैजलाइ अदलीबदली गर्न यही २०७७ भदाै २९ गते साेमबार जान लागेका केही व्यक्तिमा काेराेना संक्रमण देखिएकाे थियाे । त्यही कारण साेमबारका लागि तय भएकाे फ्लाइट स्थगन भएकाे छ ।
काभ्रेपलाञ्चोकको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका फाैजमध्ये उडानपूर्व गरिएकाे परीक्षणमा केहीमा संक्रमण पुष्टी भएकाे सेनाले जनाएकाे छ ।
काेराेना पाेजेटिभ देखिएका व्यक्तिहरूकाे कन्टाक्ट ट्रेसिङकाे गरी सबै जनाकाे काेराेना परीक्षण गरेपछि मात्र राेटेसन फ्लाइटकाे मिति घाेषणा गरिने पनि सेनाले जानकारी दिएकाे छ ।











