५ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न वर्षाले विभिन्न सडक अवरुद्ध बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप बुधबारदेखि



अ+ अ-

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा ११ औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा खेल हुनेछ । बास्केटबलमा २ विधामा प्रतिस्पर्धा हुनेछ । फुटसलको यु–९ मा ९, यु–११ मा १४, यु–१४ मा १२ र यु–१६ मा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिमले सहभागिता जनाउने बास्केटबल प्रशिक्षक आशिष महर्जन जानकारी दिए ।

ग्रास रुटदेखि भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले यु–९ उमेरसमूहको फुटसल पहिलोपटक समावेश गरिएको एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीले बताए ।

स्कुलका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुनेछ । खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा खेलाइने छ ।