२५ माघ २०८१, शुक्रबार
,
Latest
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छः पूर्व राष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप बुधबारदेखि



अ+ अ-

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा ११ औं एक्सेल्सियर कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा फाइभ ए साइड फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा खेल हुनेछ । बास्केटबलमा २ विधामा प्रतिस्पर्धा हुनेछ । फुटसलको यु–९ मा ९, यु–११ मा १४, यु–१४ मा १२ र यु–१६ मा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ टिमले सहभागिता जनाउने बास्केटबल प्रशिक्षक आशिष महर्जन जानकारी दिए ।

ग्रास रुटदेखि भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले यु–९ उमेरसमूहको फुटसल पहिलोपटक समावेश गरिएको एक्सेल्सियरका खेलकुद विभाग प्रमुख महेश मल्ल ठकुरीले बताए ।

स्कुलका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुनेछ । खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा खेलाइने छ ।