७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

सिन्धुपाल्चोकमा ३ महिनामा २५ बाढीपहिरो ! धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे

सिन्धुपाल्चोकमा ३ महिनामा २५ बाढीपहिरो ! धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे
अ+ अ-

काठमाडौँ । मनसुन सुरु भएयताका तीन महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोजन्य विपद्का २५ वटा घटना भएका छन् । भूगोलविद् नरेन्द्रराज खनालका अनुसार सिन्धुपाल्चोकमा यो वर्ष पहिरो निम्तिएका सबै स्थान भूकम्पले हल्लाएकै क्षेत्रभित्र पर्छन् ।

शनिबार पहिरो गएको बाह्रबिसेको घुम्थाङ जिल्लामै सबैभन्दा बढी वर्षा हुने क्षेत्र हो । त्यसैले घुम्थाङलाई लुम्ले पनि भन्ने गरिन्छ । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् खनालले घुम्थाङमा २०७२ सालको भूकम्पका बेला पनि स–साना धेरै पहिरो गएको बताए । ‘भूकम्पले हल्लाएर कमजोर बनेको भूभागमा भारी वर्षापछि पहिरो निम्तिएको देखिन्छ,’ भूकम्पपछि सिन्धुपाल्चोकका धेरै क्षेत्रको स्थलगत अध्ययन गरेका खनालले कान्तिपुरसँग भने । इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालका अनुसार सिन्धुपाल्चोकको भौगर्भिक संरचना कमजोर छ ।

पुराना ठूल्ठूला पहिरोले बनाएका तुलनात्मक रूपमा कम भिरालो भागमा धेरैजसो बस्ती बसेका छन्,’ उनले भने, ‘विगतमा आएका पहिरोले ल्याएको ढुंगा, माटोको समिश्रण तुलनात्मक रूपमा कम खँदिलो हुने भएकाले धेरै पानी पर्दा छिट्टै गलेर बग्ने सम्भावना हुन्छ, शनिबारको पहिरो त्यहीभित्र पर्छ ।’

ढकालका अनुसार २०७२ सालको भूकम्पले हल्लाएर भित्री भागसम्मै धाँजा पारेको क्षेत्र भएकाले पनि लगातारको वर्षाले पहिरो निम्त्याएको छ । ‘सतहमा माटो र चट्टानको जोर्नीसमेत रहेको र कतिपय स्थानमा उत्तरबाट कुनै बेला हिमताल विस्फोटपछि आएको बाढीले ल्याएको कम खँदिला ढुंगा, माटोले बनेकाले संवेदनशील देखिन्छ,’ उनले भने, ‘भौगर्भिक सिमाना र जोर्नीहरू अन्य स्थानभन्दा कमजोर हुन्छन् । पानीले यस्तै ठाउँमा आफ्नो बल बढी लगाउनाले पनि धेरै पहिरो जाने गरेको छ ।’

भूगर्भविद्का अनुसार पहिरोका कारण अलि तल्लो सतहमा रहेको चट्टान रगडिने क्रममा ढुंगामा रहेका खनिज पदार्थहरूसमेत पिसिँदा खेतीपातीका लागि आवश्यक लवण र खनिज प्राप्त हुने भएकाले खेतीपाती राम्रो हुन्छ र त्यसले जीविकोपार्जन सजिलो हुन्छ । त्यही कारण सुनकोसी र भोटेकोसी क्षेत्रका अधिकांश बस्ती पुराना पहिरोमाथि बसेका छन् । ‘त्यस्तो भूगोलमा मानवीय क्रियाकलाप बढ्दा पहिरोको जोखिम उत्तिकै हुन्छ,’ ढकालले थपे, ‘पानीले बनाएका सिजनल अथवा स–साना गल्लीहरूकै नजिक बस्ती हुँदा डेब्रिस फ्लोको जोखिम हुन्छ र क्षति हुन्छ ।’

धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे

विगतका अध्ययनहरूले बाह्रबिसे क्षेत्र पहिरोजन्य विपद्का हिसाबले जहिल्यै उच्च जोखिममा रहेको देखाएका छन् । उक्त क्षेत्र पहिरो र हिमताल विस्फोटपछि आउने बाढी (जीएलओएफ) का हिसाबले ‘हटस्पट’ समेत हो । भोटेकोसी र सुनकोसी क्षेत्रका सबैजसो बस्ती नदीसँगै जोडिएर बनेकाले अकस्मात् आउने बाढी र पहिरोका हिसाबले जोखिममा रहेको भूगर्भविद् ढकालले बताए । ‘भूगोल नै धेरै भिरालो भए पनि तल्लो क्षेत्रमा बाक्लो बस्ती भएकाले ती क्षेत्र जोखिममा छन्,’ उनले भने, ‘खहरे खोलाकै दायाँबायाँ पनि बस्ती छन्, ती सबै जोखिमयुक्त हुन् ।’

ढकाल एकपटक पहिरो आएर समथर बनेको भाग ९डेब्रिजको थुम्को० मा बस्ती बसाउनु नै गलत भएको तर्क गर्छन् । सन् २०१४ मा जुरे क्षेत्रमा भीषण पहिरो गएको थियो । ७० वर्षअघि पनि त्यही क्षेत्रमा पहिरो गएको थियो । ठूलो पहिरो गएको क्षेत्रको भूबनोट जहिल्यै कमजोर हुने र पुनः डेब्रिज आएर क्षति गर्ने उच्च सम्भावना रहने ढकालले बताए ।

३५ वर्षको मनसुनमा भोटेकोसी र सुनकोसी आसपास क्षेत्रमा भीषण पहिरोहरू गएको देखिन्छ । ‘भोटेकोसी र सुनकोसी आसपासको भूबनोट अत्यधिक कमजोर छ,’ भूगर्भविद् मेघराज धितालले भने, ‘यो वर्षको मनसुनमा धेरै वर्षा भएकाले पहिरोजन्य विपद्का घटना बढेको छ ।’ जुरेको भीषण पहिरोपछि विज्ञहरूले उक्त क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । उनीहरूले भोटेकोसी र सुनकोसी जलाधारसहितको समग्र क्षेत्रलाई पहिरोजन्य जोखिमयुक्त भनेर सूचीकरणसमेत गरेका थिए । ‘लगातार वर्षा (क्लाउड ब्रस्ट) भयो भने त्यो क्षेत्रमा पहिरोजन्य विपद्को सम्भावना उच्च हुन्छ,’ धितालले भने, ‘यो वर्ष भीषण वर्षापछि धेरै पहिरोजन्य विपद्का घटना भएको देखिन्छ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने शनिबार पहिरो गएको क्षेत्र पहिरोजन्य विपद्का हिसाबले कम जोखिमयुक्त भएको तर्क गर्छन् । ‘पहिरोका हिसाबले नसोचेको क्षेत्र हो,’ उनले भने, ‘क्लाउड ब्रस्टका कारण एकाएक भेल पहिरो आएर क्षति गरेको देखिन्छ ।’ यो घटनालाई जलवायुजन्य विपद्सँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।

पुल्चोक इन्जिनियरिङ कलेजका सहप्राध्यापक भूगर्भविद् वसन्तराज अधिकारीले रूख बिरुवाले पहिरो रोक्न सक्छ भन्ने पुरानो मान्यतालाई यो वर्ष मुलुकका विभिन्न भागमा आएका पहिरोले गलत सावित गरिदिएको विश्लेषण गर्छन् । ‘यो वर्ष धेरै स्थानमा जंगल भएको क्षेत्रबाटै पहिरो सुरु भएको देखिन्छ,’ उनले भने । सिन्धुपाल्चोकको घुम्थाङमा पनि रूख बिरुवा भएकै ठाउँबाट पहिरो सुरु भएको छ । कान्तिपुरमा खबर छ ।