६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको मुडिकुवामा पहिरो गयो, एक को मृत्यु, तीन जनाको जीबितै उद्दार



सांकेतिक तस्बिर
अ+ अ-

पर्वत । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ ।

पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा तीनजनाको उद्धार गरेका छन् । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरेका हुन् । पहिरोले गोठ समेत पुरेको र क्षतिको बिबरण आइनसकेको प्रहरी नायब उपरिक्षक बिश्वराज अधिकारीले जानकारी दिए ।

दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ । स्थानीय थानेश्वर भुसालको गोठ पनि पहिरोले पुरिएको छ । यता स्थानीय रामप्रसाद तिवारी गोठ पनि पहिरोले पुरेको छ । गोठ पुरिँदा एउटा गोरु पनि मरेको छ । क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिए । नेपाल समाचारपत्र दैनिक