२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा सहकारी ठगी प्रकरणः अदालतमा पेस भएको अभियोगपत्र यस्तो छ (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की जिल्ला अदालतमा ३२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले मंगलबार रास्वपाका सभापति रवि लामिछानेसहित १५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्ष निकालिएको छ । जसमा कुल ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ मागदाबी गरिएको छ ।

कुल ४४६ जनाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ १८ पैसा र पूरक जाहेरी दिने १० जनाको थप ४३ लाख ९४ हजार ६३१ रुपैयाँ १ पैसा रकम हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अभियोगपत्रमा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको देखिएको छ । यस्तै, नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ र गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट– १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ ।

प्रतिवादीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

sahakari